१० किलो गाँजासहित पक्राउ

१० किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ।

मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।

इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका– ७ निजलाई खानतलासी गर्दा उनले बोकेका दुई वटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको थियो। 

प्रकाशित मिति: : 2024-01-31 21:09:00

प्रतिकृया दिनुहोस्