अदालतले ४ कराेड जरिवाना ताेकेपछि भागेकी मन्दिरा ९ वर्षपछि पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ३ वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसी (कार्की) छन्।

२९ वैशाख २०७१ मा उच्च अदालत पाटनले उनीविरुद्ध ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना हुने ठहर गरेपछि उनी फरार थिइन्। उनलाई काभ्रेको बनेपाबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर लिएको कर्जा उनले तोकिएको परियोजनामा लगानी नगरेर दुरुपयोग गरेको अभियोग लागेको थियो।

मन्दिरा घराना डेभलपर्स प्रालिको सञ्चालक रहेको र डेभलपर्सको नाममा कर्जा लिएर दुरुपयोग गरेको अदालतको ठहर छ।

प्रकाशित मिति: : 2024-02-04 19:07:00

प्रतिकृया दिनुहोस्