प्रतिनिधिसभा बैठक स्थगित, अर्काे बैठक बुधबार बस्ने

प्रतिनिधिसभाकाे बैठक स्थगित भएकाे छ।

नयाँ बानेश्वरस्थित संसद् भवन साेमबारदेखि सुरू भएकाे प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएकाे हाे।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गरे।

यसैगरी आजकाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम सदनमा पेस गरे। 

प्रकाशित मिति: : 2024-02-05 16:32:00

प्रतिकृया दिनुहोस्