गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागमती सरकारले ७० प्रतिशत बजेट दिने

File Photo
File Photo

चितवनकाे निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत बजेट दिने भएकाे छ।

मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले रंगशाला निर्माणकाे प्रथम चरणका लागि ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिश्चित गर्ने निर्णय गरेकाे हाे।

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बजेट अभावमा अलपत्र परेको थियाे। त्यसपछि संघीय सरकारले रंगशालाको निर्माणको जिम्मा लिएको थियाे।

प्रकाशित मिति: : 2024-02-06 11:45:00

प्रतिकृया दिनुहोस्