युटिएलले पाँच अर्ब बक्यौता नतिरे अनुमतिपत्र खारेज गर्ने सरकारको निर्णय सर्वोच्चबाट सदर

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने परियोजनाको ठेक्का रद्द गर्ने तथा बक्यौता नतिरे अनुमतिपत्र पनि खारेज गर्ने सरकारको निर्णयविरुद्ध युटिएल सर्वोच्च पुगेको थियो, तर दुवै मुद्दामा सरकारको पक्षमा फैसला आएको छ 

धरौटीको १० करोड जफत र अग्रिम भुक्तानीबापतको ४० करोड असुल हुने

सर्वोच्चले युटिएलको रिट खारेज गरिदिएसँगै अब प्राधिकरणले पर्फर्मेन्स ग्यारेन्टी र अग्रिम भुक्तानीबापतको ५० करोड रुपैयाँभन्दा बढी रकम खिच्नेछ । युटिएलले परियोजनाका लागि राखेको पर्फर्मेन्स ग्यारेन्टीबापतको १० करोड ५ लाख रुपैयाँ जफत हुनेछ । त्यस्तै, ठेक्का सम्झौता कार्यान्वयनका लागि ७ फागुन ०७५ मा दिइएको ४० करोड २० लाख रुपैयाँ अग्रिम भुक्तानीसमेत बैंक ग्यारेन्टीबाट खिचिने प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति: : 2024-02-07 09:07:00

प्रतिकृया दिनुहोस्