कैलालीको सुखडस्थित घोडाघोडी ताल क्षेत्रमा बस र कार ठोकिएका छन्।
घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि विद्यार्थी ल्याएको ना६ख १३३९ नम्बरको बस र बा१७च ७२५७ नम्बरको कार ठोकिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय, सुखडमा अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन। कारको अगाडिको भागमा क्षति भएको छ।
बस बझाङको बुंगल नगरपालिका वडा नम्बर ११ का २८ वर्षीय मानबहादुर पातलीले चलाएका थिए भने कार टीकापुर नगरपालिका वडा नम्बर ४ का प्रताप चौधरीले चलाएका थिए।