नेपाललाई सुरुआती झट्काः भूर्तेल, आसिफ र अनिल आउट

आइसीसी क्रिकेट विश्व कप लिग–२ अन्तगर्त नेपाल र नामिबियाबीच जारी पहिलो खेलमा नेपाललाई सुरुआती झट्का लागेकाे छ।

ओपनर आसिफ शेख, कुशल भुर्तेल र अनिल शाह खेलबाट बाहिरिएका छन्।

ओपनर आसिफ शेख नामिबियाकाे ज्याकको बलमा सिल्ली मिडअनमा सहज क्याच आउट भएका छन्।

यअअघि नेपालका अनिल साह ८ रन बनाएर आउट हुन पुगे। उनीलाई नामिबियाको रुबेन ट्रम्पलम्यानले एलबीडब्ली आउट गरे।

अनिलले ६ बलमा दुई चौका प्रहार गरे। त्यस्तै, ट्रम्पलम्यानले नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट गरेका थिए। कुशल शून्य रनमै पेभिलियन फकिएका थिए। 

नेपालले नामीबियाविरुद्ध १३ रन जोड्दा तीनैजना ब्याटरलाई गुमाएको छ। कप्तान रोहितकुमार पौडेल र भीम सार्की क्रीजमा छन्।

कुशल— ०

आसिफ— ४

अनिल— ८

प्रकाशित मिति: : 2024-02-15 09:43:00

प्रतिकृया दिनुहोस्