नेदरल्याण्ड्सलाई तेस्रो झड्का

त्रिवि क्रीकेट मैदानमा जारी आइसीसी क्रिकेट विश्वकप लिग–२ ‘त्रिकोणात्मक एकदिवसीय शृङ्खला’अन्तर्गत नेदरल्याण्ड्लाई तेस्रो झड्का लागेको छ। 

नेपालविरुद्ध ब्याटिङ गरिरहेको नेदरल्याण्ड्सले तेस्रो विकेटका रुपमा साइब्रान्ड एंगलब्रेक्टलाई गुमाएको छ। उनी २३ रनमै पेभिलियन फर्किए। उनले ३५ बलमा ३ चौका प्रहार गरे। 

१६औँ ओभरको चौथो बलमा नेपालका बलर ललित राजव‌ंशीले एंगलब्रेक्टलाई आउट गरेका थिए।

यसअघि नेदरल्यान्डकाम्याक्स  वडोवडलाई १० र माइकल लेभिट शून्य रनमा आउट भएका थिए। 

बलिङमा नेपालका ललित राजवंशी र सोमपालले एक–एक विकेट लिएका छन्।

नेदरल्याण्ड्स १७ ओभरमा ६१ रन बनाउँदै खेलिरहेको छ। 

प्रकाशित मिति: : 2024-02-17 10:42:00

प्रतिकृया दिनुहोस्