सरकारले आजको दिनमा सार्वजनिक बिदा दिएको छ।
२००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ।
सहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो।
नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रम गरी मनाइदैँछ।