राैतहटकाे विवादले लियाे उग्र रुप, वीरगन्जमा कर्फ्यु जारी 

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ। 

बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएकाे हाे। 

रौतहट जिल्लाको इसनाथ नगरपालिकामा भएको विवादकाे कारण हिन्दु समाजले वीरगन्जमा प्रदर्शन गरेर बजार नै बन्द गराएकाे थियाे। 

साेही विवादलाई साम्य बनाउनकाे लागि पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यु लगाइएकाे  सूचनामा उल्लेख गरिएकाे छ। 

कर्फ्यु गरिएकाे ठाउँमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न र भेला हुन राेक लगाइएकाे छ।

प्रकाशित मिति: : 2024-02-19 17:05:00

प्रतिकृया दिनुहोस्