पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिए। उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए।
दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट इन्सपेक्टरको कमाण्डमा टोली खटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।