गाउँमा पर्यटन बढाउन प्रशिक्षण  

गाउँमा पर्यटन बढाउन गाउँ पर्यटन प्रवर्धन मञ्च गण्डकी (भिटोफ–गण्डकी)ले आफ्ना सदस्यहरूलाई प्रशिक्षण दिएको छ। सोमबार करिब २५ जना सदस्यहरुलाई तालिम दिएको हो। 

भिटोफ–गण्डकीका अध्यक्ष शोभा सापकोटाले कोभिडपछि सुस्ताएको पर्यटन गाउँलाई पुनःजागरण गराउन अभिमुखिकरण तथा नेतृत्व प्रशिक्षण तालिम दिएको बताए। 

२०७१ मा भिटोफ–गण्डकीको स्थापना भएको थियो। जसले प्रदेशका विभिन्न गाउँमा पर्यटनसम्बन्धी काम गर्दै आइरहेको छ। 

प्रकाशित मिति: : 2024-02-20 10:02:00

प्रतिकृया दिनुहोस्