बुढानीलकण्ठमा पहिलोपटक ‘साहित्यिक–सांस्कृतिक महोत्सव’ हुँदै

सभ्य र भव्यसँग मनाउने नगरपालिकाको तयारी

बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ। 

नगरपालिकाकी उपप्रमुख तथा महोत्सव संयोजक अनिता लामालेनगरपालिकाको आयोजनामा पहिलो दिन फागुन ११ गते वडा १३ स्थित चुनिखेल र दोस्रो दिन फागुन १२ गते बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव आयोजना हुने बताइन्।

उनका अनुसार महोत्सवमा १५ सेसनलाई समेटिएको छ। 'महोत्सवमा राष्ट्रिय कलाकार, कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने छ', उनले भनिन्, 'सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्न महोत्सवको आयोजना गरिएको हो। महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने छन्।'

त्यसैगरी ११ गतेदेखि सुरु हुने महोत्सवमा विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रङ्गमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रहरुलाई समेट्दै अन्तरक्रियात्मक कार्यक्रमसमेत महोत्सवमा हुनेछ।  

'महोत्सवमा हामी ७० जना पजन प्रतिनिधि आ आफ्नो भेषभेषामा उपस्थिती भएर महोत्सव आउनुभएका दर्शकहरुको स्वागत गर्नेछौं', उनले भनिन्, 'हामी कोहीपनि छुट्ने छैनौं।'

 १२ लाख खर्च गरेर सुरु हुन लागेको महोत्सवले नगरपालिकालाई टेवा पुर्याउने उपमेयर लामाको विश्वास छ।

बुढानीलकण्ठलाई राम्रो बनाउन खोजिरहेको नगरपालिकाका मेयर मिठाराम अधिकारी बताउँछन्। उनका अनुसार नगरपालिकाले राम्रो काम गर्नु स्थानीयहरुको लागि पनि गौरवको कुरा हो। 

बुढानीलकण्ठ नगरपालिकामा पहिलो पटक हुन लागेको सांस्कृतिक महोत्सवले ठुलो महत्व राख्ने बताउँदै उनले भने, नगरपालिकाले राम्रो काम गर्दा स्थानीयहरुको पनि नाम जोडिन्छ। त्यसैले पहिलोपटक हुन लागेको महोत्सवलाई सफल बनाउनुपर्छ।

महोत्सवलाई व्यवस्थित बनाउनका लागि नगरपालिकाले गाडीको समेत व्यवस्था गरेको छ। साथै महोत्सवमा नाचगान मात्र नभई रैथाने खाना समेत पाइनेछ। 

नगरपालिकामा दुई हुन लागेको महोत्सवमा सहभागिता भएर महोत्सवलाई सफल बनाउन सबै जनासँग मेयर अधिकारीको आग्रह छ। 

महोत्सवका विशेषता 

बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सव उद्घाटनका प्रमुख वक्ताको रुपमा कलाकार आदरणीय हरिवंश आचार्य हुनेछन्। 

त्यसैगरी बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र गोकर्णेश्वर नगरपालिका नगरप्रमुख दिपक कुमार रिसालबीच विशेष कुराकानी हुनेछ।

उद्यमी सुरज वैध्य, लाक्पाफुटी शेर्पा र जिवन धिमिरेकाबीच व्यवसायका विषयमा कुराकानी हुनेछ भने स्वास्थ्य सम्बन्धि जानकारी दिनका लागि डा.भगवान कोइराला, डा.मधु दीक्षित र डा.शंकरमान राईको उपस्थिती रहनेछ। 

प्रकाशित मिति: : 2024-02-20 21:44:00

प्रतिकृया दिनुहोस्