नेपालका लागि यूरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले रास्वपाका सभापति रवि लामिछानेसँग पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा भेटवार्ता गरेका छन्।
शुक्रबार भएकाे भेटमा उनीहरुले नेपाल र ईयूको पचास वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए।
सभापति लामिछानेले पर्यटन प्रवर्द्धनका लागि ईयूले नेपाललाई कायम राखेको 'एयर सेफ्टी लिष्ट'बाट हटाउन पहलको लागि अनुरोध गरे।
प्रतिउत्तरमा राजदूत लोरेन्जोले यो विषय आफ्नो पनि प्राथमिकतामा रहेको र नेपालले हवाई सुरक्षाका लागि योजनाबद्द काम गर्न यूरोपियन युनियनले नेपाल नागरिक प्राधिकरणसँग समन्वय गरिराखेको र आवश्यक पर्दा थप सहयोग पनि गर्न तत्पर रहेको बताए।
भेटवार्तामा सभापति लामिछानेले उर्जा, आइटीजस्ता क्षेत्रमा नेपालका लागि विदेशी लगानी र प्राविधिक सहयोग आवश्यक रहेको र त्यसमा ईयूले अझै सकारात्मक योगदान दिने अपेक्षा राखेको बताए।