नेपालकाे ‘सबैभन्दा ठुलाे’ नगरा जिमाक सांस्कृतिक संग्रहलयमा (तस्बिरहरु)

नेपालकै सबैभन्दा ठुलाे भनिएकाे ‘नगरा’ गाउँमैत्री अक्षयकाेष (जिमाक) सांस्कृतिक संग्रहलयमा सारिएकाे छ।

बाग्लुङकाे काठेखाेला गाउँपालिका- ४ तङ्ग्राममा स्थित टिओभी मैदानस्थित कार्यालयमा रहँदै आएकाे नगरा हालै निर्माण सम्पन्न जिमाककाे सांस्कृतिक संग्रहलयमा सारिएकाे जिमाकका संरक्षक हेमराज आश्रमले जानकारी दिए।

उनले नगरा स्तानान्तरणमा सहयाेग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरे।

संस्थाकाे बैठकले तय गरेअनुसार आगामी वैशाख १ गते उक्त नगराकाे उद्घाटन गरिने कार्यक्रम रहेकाे संरक्षक आश्रमले बिएल नेपाली सेवालाई बताए।

आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ। सात फिट गोलाइ रहेको नगरालाई मोड्न एक हजार ४०० फिट छालाको तुना लागेको उनको भनाइ छ।

तस्बिरहरु: गंगा थापा/अनिल पुन

प्रकाशित मिति: : 2024-02-24 12:30:00

प्रतिकृया दिनुहोस्