भ्रष्टाचार मुद्दामा मुछिएका लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य जानकीप्रसाद यादव निलम्बनमा परेका छन्।
सार्वजनिक सम्पत्ति (वन पैदावर)काे हानी-नाेक्सानी गरेकाे भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद यादव पदबाट स्वत: निलम्बन भएकाे लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएकाे छ।
उनी भ्रष्टाचार निवारण ऐन २०५९ काे दफा ३६ मा भएकाे व्यवस्था बमाेजिम मुद्दा किनारा नलाग्दासम्मका लागि निलम्बन गरिएकाे सचिवलायले जनाएकाे छ।
‘जानकीप्रसाद यादव भ्रष्टाचार निवरण ऐन २०५९ दफा ३३ काे कानुनी व्यवस्था बमाेजिम मिति २०८०/११/०८ गतेदेखि प्रदेशसभा सदस्यबाट स्वत: निलम्बन हुनुभएकाे छ,’ प्रदेशसभाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ।
विज्ञप्ति :