कालीकोटको नरहरिनाथ गाउँपालिका- २ कोटबाडास्थित सुनथराली विमानस्थल ३८ वर्षपछि औपचारिकरुपमा उद्घाटन हुने भएको छ। विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १४ गते उद्घाटन गर्ने भएका हुन्।
विमानस्थलको फागुन १४ गते उद्घाटनसँगै परीक्षण उडान पनि हुने नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले जानकारी दिए।
विमानस्थल २०४२ सालदेखि निर्माण सुरु भएको थियो। तत्कालीन जिल्ला विकास समितिबाट एक लाख बजेट विनियोजन गरेर विमानस्थल निर्माण थालिएको हो।
कालीकोटको एकमात्र सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण पूरा भएको थियो।
२०५८ फागुन १२ फागुन गते धादिङ जोगिमाराका मजदुरहरु ल्याएर निर्माण थालिएको थियो। काम गर्दा गर्दैका १७ जना मजदुरहरुलाई सेनाले माओवादी भनी मारेको थियो।