अस्पतालबाट बच्चा चाेरी गरेको आरोपमा मनकुमारीविरुद्ध मुद्दा दर्ता

थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी दैलेखको नौमुले गाउँपालिका– १ की मनकुमारी सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता भएको छ।

आइतबार काठमाडौँ प्रहरी परिसरले जिल्ला अदालत काठमाडौँमा मुद्धा दर्ता गराएको हो।

सिंहले गत शुक्रबार अस्पतालबाट काभ्रेको चौरीदेउराली गाउँपालिका– ३ घर भई कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठकी २६ दिने छोरी चाेरी गरेर भागेकी थिइन्।

उनलाई दिन नै प्रहरीले पेप्सीकाेलाबाट पक्राउ गरेकाे थियाे।

थापाथली अस्पतालबाट बच्चा चोरेर महिला फरार

बच्चा चोरी गर्ने महिलासँग मिलेमतो गरेको आशंकामा एक ट्याक्सी ड्राइभर पक्राउ

बच्चा चोरीपछि आमाको बिलौना– मेरो पहिलो सन्तान को ‘पापी’ले लग्यो?

भेटियो अस्पतालबाट हराएको शिशु

शिशु चोरी गर्ने महिला सार्वजनिक, शिशुकाे केएमसीमा उपचार हुँदै

प्रकाशित मिति: : 2024-02-25 15:20:00

प्रतिकृया दिनुहोस्