राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेशवाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) बिकास निर्माण, शान्ति सुब्यवस्थालगायत कार्यहरूको अनुगमन, निरिक्षण र मुल्याङकनको प्रतिवेदन २०८०’ सभा समक्ष पेश गर्ने छिन्।

दिगो व्यवस्थापन तथा सुशाषन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मुल्याङकन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गर्नेछन्।

बिधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘खाद्य अधिकार तथा खाध सम्प्रुभता सबन्धी ऐन, २०७५को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन २१०८० सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण तथा ब्यावसायिक बातावरण प्रवर्द्धनसबन्धी केही ऐनलाई संसोधन गर्न बनेको बिधेयक २०७९’ माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन र उनले सो बिधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

साथै राष्टियसभा नियमावली, २०७५को संसोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रियसभा (दोस्रो संसोधन नियमावली) २०८० माथि दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन भने लगत्तै ‘पारित गरियोस’ प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2024-03-01 08:14:00

प्रतिकृया दिनुहोस्