कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाले उचालेको छ।
शुक्रबार जुम्ला र हुम्लाबीच भएको फाइनल खेलमा जुम्लाले चार गोल गर्दै उपाधि उचालेको हो।
प्रतियोगितामा जुम्लाका रुविन भण्डारीले ह्याट्रिक गरे भने जुम्लाका महेन्द्र शाहीले एक गोल गरे। निर्धातिर ९० मिनेटको खेलमा हुम्लाले कुनै पनि गोल गर्न सकेन।
तुलनात्मक रुपमा कमजोर मानिएको हुम्ला प्रतियोगिता अवधिभर दबाबमा रह्यो।
पहिलो हाफमा एक गोल गरेको जुम्लाले दोस्रो हाफमा तीन गोल थप्यो।
२०८१ मा सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम बनाउन आयोजित छनोट प्रतियोगितामा जुम्लाले सुर्खेतलाई हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो।