एमाले माओवादी गठबन्धन बेइजिङतर्फ ढल्किएला वा दिल्लीका 'संवेदनशीलता'प्रति चनाखो रहला?

बिबिसी

काठमाडौं

नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ सत्ता समीकरण गरेपछि नेपालका घटनाक्रमलाई दिल्ली र बेइजिङले नजिकबाट नियालिरहेको विज्ञहरूले जनाएका छन्।

भारतका परराष्ट्र मामिलाका कतिपय जानकारहरूले नेपालले आफ्नो आर्थिक र सुरक्षा स्वार्थहरू दिल्लीसँग मिल्ने बुझ्दै गएको भए पनि पछिल्लो गठबन्धनलाई ध्यान दिँदै साउथ ब्लकले सुझबुझपूर्ण कूटनीति अँगाल्नुपर्ने जनाएका छन्।

विगतमा प्रचण्ड र ओलीले सत्ता सहकार्य गर्दा नेपालमा बेइजिङको प्रभाव बढेको भन्दै एक जना भारतीय विश्लेषकले नयाँ गठबन्धन शक्तिमा आउँदा चीनले पूर्वाधारसहितका क्षेत्रमा आफ्नो प्रभाव बढाउन प्रयास गर्न सक्ने बताए।

तर नेपाल मामिला सम्बन्धी एक जना चिनियाँ विज्ञले चीनले नेपालमा देखिएको पछिल्लो परिवर्तनप्रति बढी प्रतिक्रिया नजनाउने र काठमाण्डूमा बन्ने जुनसुकै सरकारसँग सहकार्य गर्ने प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: : 2024-03-09 10:51:00

प्रतिकृया दिनुहोस्