४ राउण्ड गोलीसहित सर्लाहीबाट दुई जना पक्राउ

सर्लाही प्रहरीले ४ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

बागमती नगरपालिका-१० सोल्टी नहर अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ४ राउण्ड गोलीसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीका अनुसार शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० दव्लु ५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार व्यक्तिसँग ४ राउण्ड अवैध गोली फेला परेको बताए।

एसपी ज्ञवाली भने, ‘मोटरसाइकल चालक जिल्ला सर्लाही मंलगवा नगरपालिका-१ बस्ने वर्ष २१ को पोसन महरा रामको साथबाट ८ एमएमको ४ राउण्ड गोली बरामद भएको छ।’

प्रहरीले अनुसन्धान गर्ने क्रममा बागमती नगरपालिक-८ बस्ने वर्ष २४ को रंजित रामलाई समेत घरबाट पक्राउ गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

गोली किन र कुन प्रयोजनमा ल्याए भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। पक्राउ परेकालाई म्याद थप गरेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। सर्लाही प्रहरीले छोटो समयमै चोरीका ट्रक, लागुऔषध, भन्सार छलीलगायत दजनौँ अप्रेसन गरिसकेको छ।

प्रकाशित मिति: : 2024-03-10 14:41:00

प्रतिकृया दिनुहोस्