स्राेत नखुलेकाे अवैध रकमसहित मकवानपुरबाट ४ जना पक्राउ   

प्रहरीले स्राेत नखुलेकाे अवैध रकमसहित ४ जनालाई पक्राउ गरेकाे छ।

प्रहरी चाैकी रातोमाटेबाट खटिएको चेकिङ टाेलीले हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे चेक प्वाइन्टस्थित पूर्व-पश्चिम सडकखण्डमा स्राेत नखुलेको रकमसहित ४ जनालाई पक्राउ गरेकाे हाे।

वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एअर २९९१ नम्बरको भारतीय कारलाई शंका लागेर रोकी चेकजाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाई छिपाई गरी राखेको भारतीय र नेपाली नगद प्रहरी बारमद गरेकाे हाे।

उक्त कारभित्रबाट नेपाली ५ सयको नोट १ हजार ४२ थानमा रु ५ लाख २१ हजार, २ सयको नोट ९३ थानमा- भारतीय १८ हजार ६ सय, १०० को नोट ९३ थान, भारतीय रूपैयाँ ९ हजार ३ सय, ५० को नोट ४ थान रु.२ सय गरी जम्मा भारतीय रूपयाँ ५ लाख ४९ हजार १ सय र नेपाली रुपैयाँ २ लाख ५० हजार बरामद गरेकाे भएकाे हाे।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रमुख एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेमा कार चालक भारत बिहार राज्य सितामणी थाना ९ बस्ने भुभैरवो बस्ने ३० वर्षीय राकेशकुमार र सोही गाडीमा सवार ३० वर्षीय चन्द्रबाबु, ३७ वर्षीय अशोक राय, सुनसरीकाे कोशी गाउँपालिका ४ बस्ने ३२ वर्षीय निजाम मियासमेतलाई कारसहित नियन्त्रणमा लिएको बताए।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेकाे मकवानपुर प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-03-10 14:54:00

प्रतिकृया दिनुहोस्