हङकङमा जारी त्रिकाेणात्मक टी- २० सिरिज अन्तर्गतकाे खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई १९९ रनकाे लक्ष्य दिएकाे छ।
टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायाे।
नेपालका कुशल भुर्तेल र सुन्दीप जाेराले अर्धशतक प्रहार गरे। कुशलले ३९ बलमा ५९ रन प्रहार गरे। भने, जाेराले २६ बलमा ५६ रन प्रहार गरे।
त्यस्तै विनाेद भण्डारी २७, कप्तान राेहितकुमार पाैडेल १, आरिफ शेख ४ र लाेकेश बम १४ रन बनाएर आउट भए।
त्यसैगरी गुल्सन झा १५ तथा विवेक यादवले अविजित १९ रन बनाए।
पिएनजीका कप्तान अशाद भालाले २ र नाेसाइना पाेकाना, जाेन कारिकाे र नाेरम्यान भनुअले समान १-१ विकेट लिए।
नेपाल याे खेल जितेमा सिरिजकाे फाइनल प्रवेश गर्नेछ।