कांग्रेसकाे विचार समूहको द्वन्द्वले आजित भएको थिएँ, तर नयाँ समीकरणले युद्धविराम भयो: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक समीकरण बनेसँगै कांग्रेसभित्र ‘युद्धविराम’ भएको टिप्पणी गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूले राजनीतिक समीकरण बदलेपछि कांग्रेसभित्र आन्तरिक एकता देखापरेकाले खुसी लागेको बताए।

‘कांग्रेसको विचार समूहको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ। तर, आज मैले गरेको समीकरणले कांग्रेसभित्र आन्तरिक एकताको कारक बन्न पाएकोमा खुसी छु। मेरो कदमले कांग्रेसभित्र राम्रो एकता कायम हुँदैछ। यो युद्धविराम प्रचण्डको कारणले भएको छ। यसलाई स्थायी बनाउनुहोला, शान्तिमा बदल्नुहोला,’ उनले भने। 

प्रकाशित मिति: : 2024-03-13 12:30:00

प्रतिकृया दिनुहोस्