सुन्धारामा राप्रपा नेपालकाे प्रदर्शन, यातायात प्रभावित (तस्बिरहरू)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले विभिन्न माग राख्दै काठमाडाैँमा प्रदर्शन गरेकाे छ।

बिहीबार दिउँसाे कमल थापाकाे नेतृत्वमा सुनधारा-रत्नपार्क क्षेत्रमा प्रदर्शन भएकाे हाे।

सहकारी पीडितलाई न्याय दिनुपर्ने, हिन्दूराष्ट्र र राजसंस्था पुन:स्थापना गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य, सुरक्षाकर्मीमाथि राजनैतिक हस्तक्षेपअन्त्य गर्नुपर्नेलगायतकाे माग राख्दै राप्रपा नेपाल प्रदर्शनले गरेकाे हाे।

प्रदर्शनका कारण सुन्धारा-रत्नपार्कमा सवारी आवागमन प्रभावित भएकाे छ। अहिले साे क्षेत्र अस्तव्यस्त बनेकाे छ।

प्रकाशित मिति: : 2024-03-14 14:59:00

प्रतिकृया दिनुहोस्