साथीको हत्या गरी फरार भएका राई २१ वर्षपछि पक्राउ

साथीको हत्या गरी फरार भएका एक जना २१ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ का तिखे भन्ने ४१ वर्षीय तेजबहादुर राई रहेका छन्।

राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा आवश्यक कारबाहीका लागि पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ परेका राईले २०५९ साल असोज १४ गते काठमाडौँ १९ एक बधशालामा सोही ठाउँका संजय शाहीलाई फलामको रडले हानेर हत्या गरेका थिए। शाहीको हत्यापछि बागमती नदीको किनारमा शव फालेर राई फरार भएका थिए।

प्रकाशित मिति: : 2024-03-19 13:54:00

प्रतिकृया दिनुहोस्