इलाम–२ काे उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

File Photo
File Photo

आगामी १५ वैशाखमा हुने प्रतिनिधिसभाकाे उपनिर्वाचनका लागि इलाम–२ मा नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएका छन्।

कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राई तामाङको नाम सिफारिस गरेको हो।

उक्त नामलाई चैत ८ गतेभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने र प्रदेशले १० चैतमा केन्द्रमा नाम पठाउनेछ।

प्रकाशित मिति: : 2024-03-20 14:01:00

प्रतिकृया दिनुहोस्