एकैदिन २६ सयले बढ्यो सुनको मूल्य

छापावाल सुनको मूल्य प्रतितोला रु दुई हजार ६ सयका दरले वृद्धि भएको छ। बुधबार प्रतितोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ।

यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य रु एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोलामा रु ३५ ले वृद्धि भएको छ। बुधबार प्रतितोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ।

प्रकाशित मिति: : 2024-03-21 11:28:00

प्रतिकृया दिनुहोस्