नेपाल फर्किँदै रेखा, नयाँ फिल्मको तयारी

फाइल तस्विर
फाइल तस्विर

चलचित्र ‘उपहार’की नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन। उनले फिल्मको नाम सोचिरहेको बताइन्।

नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउँदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफूबाट कदापि नहुने उल्लेख गरिन्।

‘मेरो अझै दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ’, रेखाले भनिन्।

रेखा थापा वैशाखको १८ गते नेपाल फर्किँदैछिन। उनी नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने उल्लेख गरिन्।

फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाएकाे बताइन्। यसैले यी सबै कुरालाई ध्यानमा राखेर नयाँ फिल्म बनाउने तयारीमा लाग्ने उनकाे भनाइ छ।

फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ। अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन्।

फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन्।

प्रकाशित मिति: : 2024-03-22 08:36:00

प्रतिकृया दिनुहोस्