साताका १५ तस्बिर

Breaknlinks
Breaknlinks

यस साता पनि संसारमा विविध घटनाहरु भए। रुसले भ्लादिमिर पुटिनलाई राष्ट्रपतिमा पुन: दाेहाेर्‍यायाे। रुस-युक्रेन, इजरायल, हमास युद्ध जारी रह्याे। त्यसका अलवा अन्य घटनाहरु पनि चर्चामा रहे। जुन राेयटर्सका फाेटाे पत्रकारहरुले खिचेकाे छन्।

प्रस्तुत छ, विभिन्न देशमा छरिएर रहेका राेयटर्सका फाेटाे पत्रकारहरुले यस साता खिचेका १५ तस्बिर:


भारतको उत्तर प्रदेशको नन्दगाउँमा रहेको मन्दिर परिसरमा ‘लठमार होली‘ मनाउने क्रममा रङ्गमा डुबेका मानिसहरू एकअर्कालाई रङ फ्याँक्दै।

दक्षिणी स्पेनको मालागामा मिडियासामु आफ्नो प्रस्तुतिको क्रममा ई-स्कुटरहरूका लागि ट्राफिक कानून लागू गर्न मद्दत गर्ने प्रहरी रोबोट कुकुरको गन्ध सुँघ्दै चार वर्षीया लुसी नामको कुकुर।

रूसी मिसाइल आक्रमणको क्रममा मेट्रो स्टेशनभित्र शरण लिँदै सर्वसाधारणहरु युक्रेनको किभमा।

आइसल्याण्डको ग्रिन्डाभिक नजिकै ज्वालामुखी विस्फोट भएको दृश्य।

युनाइटेड नेसन्स रिलिफ एन्ड वर्क एजेन्सीको गोदामबाहिर सहायता प्राप्त गर्न भेला भएका प्यालेस्टाइनीहरू गाजा सहरमा।

अमेरिकाको टेक्सासको एल पासोमा रियो ग्रान्डेको सीमा पर्खाल छेउमा अमेरिका गैरकानूनी रुपमा प्रवेश गर्न दाउ पर्खेर बसेका आप्रवासीहरूको एउटा समूह मेक्सिकोको सिउडाड जुआरेजबाट लिएको तस्बिर।

‘स्वच्छ सोमबार’ चाडको अवसरमा रङ्गीन ‘पिठो युद्ध’ मा भाग लिँदै श्रदालुहरु ग्रिसको ग्लाछिदीमा।

राष्ट्रपति चुनावको अन्तिम दिन मतदान केन्द्रहरू बन्द भएपछि  प्रयोग नगरिएका मतपत्रहरू नष्ट गर्दै निर्वाचन आयोगका सदस्यहरू रूसको सेन्ट पिटर्सबर्गमा।

बेइजिङ फेसन विकमा डिजाइनर शेगुआङ हुद्वारा शरद/हिउँद २०२४ को सङ्ग्रह प्रस्तुत गर्दै एक मोडल चिनको बेइजिङमा।

तीव्र हावामा पैदल यात्रुहरू आफ्नो गन्तव्यतर्फ जाँदै जापानको टोकियोमा।

मेक्सिकोको क्रान्तिको स्मारकमा विश्व निद्रा दिवस मनाउन ठुलो निद्रामा सहभागी हुँदै सर्वसाधारणहरु मेक्सिको सिटी, मेक्सिकोमा।
सेन्ट प्याट्रिक डे परेडको समयमा  मुस्कुराउँदै एक सहभागी आयरल्याण्डको डब्लिनमा।

इन्डोनेसियाको बान्तेन प्रान्तको पाण्डेग्लाङ रेजेन्सीमा, मुखमा रबर ब्यान्ड लगाएको कुखुरा तेलुक माछा मार्ने गाउँको समुद्र तटमा थुप्रिएको फोहोरको बिचमा हिँड्दै।

मेक्सिकोको कोहुइला राज्यको कुआट्रो सिनेगासस्थित एक तलाउमा फुलेको फूल को ड्रोनबाट खिचिएकाे दृश्य।

चर्चित र्‍यापरहरु एमिनेम, फिफ्टी सेन्ट, स्नुप डग र डाक्टर ड्रे हलिउड वाक अफ फेममा आफ्नो ताराको अनावरण समारोहमा पोज दिँदै क्यालिफोर्नियाको लस एन्जलस, अमेरिकामा।

प्रकाशित मिति: : 2024-03-23 15:41:00

प्रतिकृया दिनुहोस्