नेपाल आयरल्याण्ड ए सँग प्रतिस्पर्धा गर्दै

नेपाल र आयरल्याण्ड ए बिचको टी- २० सिरिजको दोस्रो खेल आज हुँदैछ।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज (मंगलबार) दोस्रो खेल खेल्न लागेको हो। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसाे १ बजेदेखि सुरु हुनेछ।

यसअघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड ए लाई ६ विकेटले पराजित गरेको थियो।

यो सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी- २० फ्रेन्डसिप कप खेल्दै छ।

मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी- २० कप त्रिकोणीय सिरिज हुनेछ।

नेपालले आगामी टी- २० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।

प्रकाशित मिति: : 2024-03-26 07:03:00

प्रतिकृया दिनुहोस्