सुनकोशीमा बेपत्ता दुईको शव भेटियाे, एक बालक अझै बेपत्ता

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत फेला परेका छन्। उनीहरु आइतबारदेखि हराएका थिए।

बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने ९ वर्षीया रेखा मगरको शव भेटिएकाे हाे भने मंगलबार सोही ठेगाना बस्ने ६ वर्षका रिदम मगरको शव फेला परेको थियो।

रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका-२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेकाे हाे।

९ वर्षका लोकचन्द्र मगर भने अझै बेपत्ता रहेका छन्। होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको बताएको छ। 

प्रकाशित मिति: : 2024-03-27 11:21:00

प्रतिकृया दिनुहोस्