सरकारमा सँगै, उपनिर्वाचनमा आमने-सामने!

वैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धन नै आमने-सामने हुने भएका छन्।

नेकपा एमालेले सबैभन्दा पहिला उपनिर्वाचनको उम्मेदवार छनौट गरेपछि अब अन्य दल पनि उम्मेदवार छनौटमा जुटेका छन्।

एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ।

त्यस्तै एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेशसभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको बताइएको छ।

त्यसैगरी राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दैछ।

यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदवार उठाउने निर्णय गरको हो।

भर्खरै बनेको सत्ता गठबन्धन उपनिर्वाचनमै एक ठाउँमा आउन नसक्ने अवस्था बनेपछि यो गठबन्धनमा अझै आपसी विश्वासको संकट रहेको विश्लेषण हुन थालेको छ।

केन्द्रदेखि प्रदेशसम्म सत्ता भागबन्डा गर्ने तर चुनावी मैदानमा एक्ला एक्लै जादा राजनीतिक रुपमा यसले गठबन्धन परिपक्क नभएको अर्थ लागेको विश्लेषण गरिएको छ।

सत्ता समीकरणमा एमालेले सुरुमै उम्मेदवार छनौट गरेर साझा उम्मेदवार बनाउने प्रयास नै नगरेको माओवादी केन्द्रका एक नेताले बताएका छन्। एमालेको समीकरणप्रतिको व्यवहार फरक रहेको महसुस उपनिर्वाचनको उम्मेदवार छनौटले देखाएको ती नेताले बताए।

उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत्र २४ गते रहेको छ।  

प्रकाशित मिति: : 2024-03-27 18:41:00

प्रतिकृया दिनुहोस्