नेपाल‘ए’ र आयरल्याण्डबीचको खेल वर्षाका कारण रद्द

नेपाल‘ए’ र आयरल्याण्ड‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल रद्द भएको छ।

लगातारको वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।

टियु मैदानमा हुने यो खेल अपरान्ह एक बजेदेखि सुरु हुने तालिका रहेको थियो।

नेपाल ‘ए’ले मार्च २८, २९ र ३१ मा आयरल्याण्ड ‘ए’सँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड‘ए’ सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो।

टी-२० सिरिज खेल्ने नेपाली‘ए’ टिम:

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्। 

प्रकाशित मिति: : 2024-03-28 12:36:00

प्रतिकृया दिनुहोस्