उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेस बैठक बस्दै

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। 

सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकले इलाम-२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने उनले बताए।

प्रकाशित मिति: : 2024-04-01 07:46:00

प्रतिकृया दिनुहोस्