अल अहेलिया एक्सचेञ्जमार्फत् पैसा पठाउँदा १ केजी सुन र ५ वटा कार जित्ने अवसर

युएईमा प्रसिद्ध मनि ट्रान्सफर सेवा प्रदायक ‘अल अहेलिया एक्सचेञ्ज’ले पैसा पठाउँदा एक किलो सुन र ५ वटा निसान सन्नी कार जित्ने अफर  ल्याएको छ।

एक्सचेञ्जले बुधबार पत्रकार सम्मेलन गर्दै ‘समर प्रमोसन’बारे जानकारी गराएको छ। पत्रकार सम्मेलनमा एक्सचेञ्जका वरिष्ठ बजार व्यवस्थापक सन्तोष नायरले ‘समर प्रोमोसन–२०२४’ २८ मार्चदेखि २५ जुलाइसम्म सञ्चालन हुने जानकारी दिएका छन्।

१२० दिनसम्म चल्ने प्रोमोसन अवधिमा एक्सचेञ्जबाट पैसा पठाउनेहरुले १ केजी सुन र ५ वटा निसान कार जित्ने अवसर प्राप्त गर्ने छन्।

गत महिना (फेब्रुअरी) मात्रै विन्टर प्रोमोसनको पुरस्कारहरु वितरण गरेको एक्सचेञ्जले विन्टर प्रोमोसनमा १०६ जनालाई पुरस्कृत गर्न लागेको हो। जसअन्तर्गत अबुधाबी, दुबई र सारजाहमा लक्की ड्र गरी सुन र कार वितरण गरिने बताइएको छ। तीन महिनासम्म हरेक महिना आयोजना गरिने इलेक्टोनिक ड्रमा २५ जनाले ८ ग्राम र ७५ जनाले ४ ग्राम सुन प्राप्त गर्नेछन् भने ३१ जुलाईमा दुबईमा हुने मेघा ड्रमा एकजना भाग्यमानी ग्राहकले आधा केजी सुन प्राप्त गर्नेछन्।

सन १९९६ मा स्थापित अल अहेलिया एक्सचेञ्जका अहिले युएईमा ३० शाखाहरु सञ्चालनमा छन् भने विभिन्न प्रोमोसनहरुमार्फत् हजारौँलाई पुरस्कारहरु प्रदान गरिसकेको छ।

प्रकाशित मिति: : 2024-04-03 19:20:00

प्रतिकृया दिनुहोस्