गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक रुपमा सम्बन्धविच्छेद गरेका छन्।
करिब ५ करोड पर्ने साढे तीन तलाको घर र नगद ५० लाख रूपैयाँ दिएर राजेशपायलले सम्बन्धविच्छेद गरेका हुन्।
यही साता काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि दुई पक्षबीच मिलापत्र भएको थियाे।
राजेशले सम्बन्धविच्छेदको मुद्दा हालेका थिए। साेहीअुनसार उनले थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिबद्धता जनाएका छन्। काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि साङबुङलाई दिएका छन्।
राजेश पायल र साङबुङका एक छोरा छन्। उनीहरू औपचारिक विवाह नगरीकन लिभ इनमा बसिरहँदा पुत्रलाभ भएको थियो।
छोराको भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ राजेशपायलले पत्नीलाई उपलब्ध गराउने सम्झौता भएको छ।
उनीहरुले २०७८ असोजमा बिहे दर्ता गरेका थिए ।