फ्रेन्डसिप कप: आज नेपाल र बरोडाबीच प्रतिस्पर्धा

फाइल तस्विर
फाइल तस्विर

भारतमा जारी फ्रेन्डसिप कपअन्तर्गत नेपालले आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दैछ।

फ्रेन्डसिप कपको लिग चरणको अन्तिम खेलमा आज नेपाली समय अनुसार २:४५ बजेदेखि यो खेल सुरु हुँदैछ।

यस फ्रेन्डसिप कपमा नेपालले यसअघि सुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ। भने, गुजरात क्रिकेट एसोसियसनको टिमले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ।

बरोडाले आफ्ना यसअघिका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ। त्यसैले यस खेलको नतिजाले कुनै फरक नपार्ने भएको छ।

नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीचको फाइनल खेल आइतबार हुँदैछ।

प्रकाशित मिति: : 2024-04-05 07:21:00

प्रतिकृया दिनुहोस्