नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको अन्तिम खेल आज

फाइल तस्विर
फाइल तस्विर

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदैछ। टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि सुरु हुँदैछ।

यस सिरिजमा नेपाल ए ले सुरुका दुवै खेलमा हार बेहोरेको र आयरल्याण्ड वोल्भ्सले सिरिज २-० ले जितिसकेको छ।

नेपाल ए ले सिरिजमा सान्त्वना जितका लागि खेल्नेछ। नेपाल ए पहिलो खेलमा २१ रनले र दोस्रो खेल ११४ रनले हार बेहोरेको थियो।

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन्।

प्रकाशित मिति: : 2024-04-07 06:55:00

प्रतिकृया दिनुहोस्