सिंहदरबार अगाडि नेविसंघकाे प्रदर्शन, आधा दर्जन प्रदर्शकारी पक्राउ

शनि शाक्य

काठमाडौं

नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको छ।

नेविसंघले आइतबार बिहान बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि गरेकाे हाे।

उनीहरूले जनताकाे संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिककाे उपचार राज्यले गर्नुपर्ने, शिक्षा र स्वास्थ्य निशुलक गर्नुपर्नेलगायतकाे काग गरेका छन्।

प्रदर्शनका क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ। 

प्रकाशित मिति: : 2024-04-07 11:21:00

प्रतिकृया दिनुहोस्