उत्साहजनक छ आइटी क्षेत्र : बढाउनुपर्नेछ ‘ब्रान्ड भ्यालु’

नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रको वर्तमान अवस्था उत्साहजनक छ । आइटी बोर्डरलेस (सीमारहित) क्षेत्र हो । यसले नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणमा ठूलो भूमिका खेल्न सक्छ । सूचना प्रविधिले विश्वलाई ग्लोबल भिलेजका रूपमा अगाडि बढाएको छ । विदेशको काम नेपालको कुनै पनि ठाउँमा बसेर गर्न सकिन्छ । विश्वका ठूलाठूला प्रविधि कम्पनीमा समेत नेपालीले काम गरिरहेका छन् ।

सूचना प्रविधि क्षेत्रमा हाम्रो यात्रा २०–२२ वर्षको भइसकेको छ । अहिले नेपालमा विश्वप्रसिद्ध सार्वजनिक कम्पनीका समेत शाखा स्थापना भएका छन् । यो हाम्रो लागि ठूलो कुरा हो । हामीमा केही सीप छ, दक्षता छ भनेर नै ती कम्पनी यहाँ आएका हुन् । पछिल्लो २० वर्षमा हामीले ठूलो फड्को मारिसकेका छौँ । तर, यो उद्योग कस्तो छ भनेर कसैले पनि चासो लिएको क्षेत्र भने होइन । तथापि, भित्रभित्रै यो क्षेत्रले धेरै ठूलो काम गरिसकेको छ ।

प्रकाशित मिति: : 2024-04-16 14:55:00

प्रतिकृया दिनुहोस्