राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन्।

बुधबार अपरान्ह शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2024-04-17 18:17:00

प्रतिकृया दिनुहोस्