उपनिर्वाचन: बझाङमा मतगणना सुरू

बझाङ प्रदेशसभा (१) मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ।

दिउँसो एक बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो।

बझाङको छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो।

निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो।

शनिबार भएको उपनिर्वाचनमा बझाङ (१) ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2024-04-28 14:29:00

प्रतिकृया दिनुहोस्