बझाङमा एमाले-कांग्रेसबीच कडा प्रतिस्पर्धा

बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएकाे छ।

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन्। कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको छ।

पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १० हजार ५ सय ६१ र नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ४ सय ७० मत प्राप्त गरेका छन्।

साथै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ७ सय २३, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले २ हजार ४ सय ६० मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: : 2024-04-29 11:48:00

प्रतिकृया दिनुहोस्