बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाडौँ ल्याइयाे

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्। 

मंगलबार रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका लागि जाँदै गरेका मुख्यमन्त्री जम्कट्टेलको अचानक स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत् काठमाडौँ ल्याइएकाे उनकाे सचिवालयले जनाएकाे छ।

उनकाे श्वासप्रश्वासमा समस्या देखिएकाे र प्रेसर लो भएकाे बताइएकाे छ। 

प्रकाशित मिति: : 2024-05-07 13:13:00

प्रतिकृया दिनुहोस्