सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन बसेकाे कार्यदलको बैठकमा अझै सहमति जुट्न सकेकाे छैन।
कार्यदलमा अहिलेसम्म सहमति नजुट्दा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आजै २ बजे बस्ने गरी सारिएकाे छ।
कार्यदलकाे बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा जारी छ।
शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन्। अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि मिसिएका छन्।
अहिले कार्यदलमा छानबिनको दयाराबारे विवाद रहेको छ। रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिँदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउँदै आएको छ।
त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउँदै आएको छ।