‘सासु–बुहारी’ टेलिश्रृंखला सुरु हुँदै

Break n Links
Break n Links

निर्देशक सबिन क्षेत्रीको ‘सासु–बुहारी’ टेलिश्रृंखला सुरु हुने भएको छ। 

लेकसाइड अफिसियल युटुब च्यानलमार्फत टेलिसियर सुरु हुन लागेको हो। पारिवारिक कथा र गाउँले परिवेशमा आधारित टेलिसिरियलमा सबिन क्षेत्री, केशव पाण्डे, शोभा खड्का, शौरभ क्षेत्री, अश्मिता रसाइली, बिनोद कार्की, अनिश बाश्शा, रबिन भण्डारी, कल्पना कुमाई, सुमन पाण्डे, झरना ढकाल र प्रतिमा काफ्ले रहेका छन्। 

सबिनले सम्पादन गरेको सिरियलमा क्यामरा र कलर शौरभ क्षेत्री, लेखन तथा संवाद केशव पाण्डे र मन्जु गुरुङले मेकअप गरेका छन्। 
 

प्रकाशित मिति: : 2024-06-06 14:18:00

प्रतिकृया दिनुहोस्