अमेरिकालाई हराउँदै भारत टी- २० विश्वकपको सुपर-एटमा

Break n Links
Break n Links

भारत जारी टी-२० विश्वकपको सुपर-एटमा पुगेको छ।

गएराति सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर-एटमा आफ्नो स्थान सुरक्षित गरेको हो।

अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। भारतको जितमा सूर्यकुमार यादवले ५० रन बनाए। भने, शिभम दुवेले ३१ रन बनाएका थिए।

यसअघि अमेरिकाले पहिला ब्याटिङ गर्दै २० ओभर ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो। अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाएका थिए। भने, स्टिभन टेलरले २४ रन बनाएका थिए।

यो जितपछि समूह ए बाट भारत ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा रहेको छ र सुपर-एटमा पुगेको छ।

त्यस्तै अमेरिकाको भने ३ खेलमा ४ अंक रहेको छ।

अब भारतले जुन १५ मा क्यानडाविरुद्ध खेल्ने छ। भने, अमेरिकाले जुन १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ।

अब समूह ए बाट अमेरिका सुपर-एटमा पुग्न आयरल्याण्ड्ससँगकाे खेल जित्नु पर्नेछ। वा, पाकिस्तान र क्यानडा आयरल्याण्ड्ससँग पराजित हुनु पर्नेछ।

भने, अमेरिका आयरल्याण्ड्ससँग पराजित भएमा र पाकिस्तान र क्यानडा अन्तिम खेलमा विजयी भएमा रनरेटका आधारमा सुपर-एटकाे टुंगाे लाग्नेछ।

प्रकाशित मिति: : 2024-06-13 08:24:00

प्रतिकृया दिनुहोस्