लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा गौतम नियुक्त

Break n Links
Break n Links

लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा तिरण गौतम नियुक्त भएका छन्।

लुम्बिनी प्रदेशमन्त्री परिषद् तथा मन्त्रीस्तरीय निर्णयबाट उनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका हुन्।

बिहिबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको ३ जना सदस्यहरु मध्यबाट परिषदको अध्यक्षका हैसियतले प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले सदस्य सचिव नियुक्त गरेका हुन्।

प्रदेश खेलकुद परिषद्काे नियमावली अनुसार सदस्य सचिव गाैतमसहित दिलबहादुर तामाङ र जनक केसीलाई सदस्यमा नियुक्त गरिएकाे छ।

रुकुममा जन्मिएका गौतम अहिले दाङको घोराहीमा बस्दैआएका छन्। उनी राष्ट्रिय युवा संघ नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष र हाल नेपाल खेलकुद महासंघका उपाध्यक्षसमेत हुन्।

प्रकाशित मिति: : 2024-06-21 13:52:00

प्रतिकृया दिनुहोस्